काठमाडौं । अमेरिकाकी एक १०३ वर्षकी वृद्ध महिलाले अस्पतालबाट डिस्चार्ज भएलगत्तै ट्याटू आर्टिस्टकोमा गएर हातमा भ्यागुताको ट्याटू बनाएकी छन् ।
कोरोनाको डरबाट वृद्धा डोरोथी पोलोकलाई आइसोलेसनमा राखिएको थियो । उनी भन्छिन्, ‘मेरो नाती मलाई धेरैजसो ट्याटू बनाउन भनिरहन्थ्यो । तर मैले मानिन ।तर मलाई अस्पतालमा पुगेपछि मात्र थाहा भयो कि, जिन्दगीमा कुनै पनि शौख अधुरो छोड्न हुँदैन । त्यसैले ट्याटू बनाएँ ।’
उनी १६ जूनबाट १०३ वर्षकी भएकी छन् । जन्मदिनमा उनी कोरोनाका कारण अस्पतालमै थिइन् । उनलार्य मिशीगनको अस्पतालमा राखिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया