काठमाडौं । बच्चाहरुलाई कार्टुन हेर्न धेरै मा पर्छ । आफ्नो खाली समयमा बच्चाहरु कार्टुन हेर्छन् । अहिले बच्चाहरुको मन पर्ने युट्युब च्यानल कोकोमिलन चर्चामा छ ।
हरेक बच्चा त्यस च्यानलमा रहेका कार्टुन भिडियो हेर्न मरिहत्ते गर्छन् । यो च्यानल ५५ वर्षका वृद्ध दम्पत्तीले बनाएका हुन् ।
जसको भिडियो अहिलेसम्म ७२ अर्ब भन्दा धेरैले हेरिसकेका छन् ।
यो च्यानल अमेरिकामा सबैभन्दा धेरै हेरिने युट्युब च्यानल मध्येको एक हो । एक जानकारीका अनुसार यो सारा विश्वमै हेरिनेमा दोश्रो नम्बरमा छ ।
हालै यो च्यानल लण्डनको मूनबग नामको कम्पनीले किनेको छ ।
यो च्यानलबाट उक्त दम्पत्ती वर्षमा करोडौँ कमाउने गरेको एक वेबसाइटले समाचार प्रकाशित गरेको छ । ३० दिनमा नै उक्त च्यानलमा ३.३१ अर्ब भ्यू आएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया