काठमाडौं । कोरोना महामारीबाट लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएपछि आर्थिक वर्ष २०७६/०७७मा सबै वाणिज्य बैंकहरुको नाफा खुम्चिएको छ । बैंकहरुले प्रकाशित गरेको असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको नाफा घटेको छ । जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर पर्ने देखिएको छ ।
बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको खुद नाफा घटेको छ । सेञ्चुरी कमर्सियल बैंक, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंकको बाहेक सबै बैंकको खुद नाफा घटेको देखिएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पूर्ण रुपमा बन्द रहेको थियो । त्यसले गर्दापनि बैंकहरुको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आउँदा समग्रमा बैंकहरुको नाफा घटेको देखिन्छ ।
नेपाल बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १.५५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५९ करोड ६७ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको वितरण योग्य मुनाफा २ अर्ब २१ करोड ४ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा ११.७७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४ करोड ६५ लाख २० हजार रुपैयाँ कमाएको बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड २५ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३ करोड ५८ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
नबिल बैंकको खुद नाफा १५.८६ प्रतिशतले घटेको छ । बैंकको खुद नाफा ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २ अर्ब ५७ करोड १६ लाख ५२ हजार रुपैयाँ रहेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २२.६३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड ४१ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा ६५ करोड २३ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २१.७२ प्रतिशतले कम रहेको छ । बैंकले १ अर्ब ९८ करोड ३९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा २ अर्ब ४३ करोड ४६ लाख ६५ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५१ करोड ५७ लाख ८० हजार रुपैयाँ रहेको छ ।
हिमायलन बैंकको खुद नाफा पनि अघिल्लो आर्थिक वर्षमा भन्दा घटेको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा ८ प्रतिशतले नाफा घटेर २ अर्ब ५४ करोड २५ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक व र्षमा बैंकको यस्तो नाफा २ अर्ब ७६ करोड ३८ लाख ४८ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३० करोड ९२ लाख ४३ हजार रुपैयाँ रहेको छ ।
नेपाल एसबिआई बैंकको नाफा ३३.२२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २९ करोड २५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा १ अर्ब ५३ करोड ७ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको वितरण योग्य मुनाफा ९८ करोड ६१ लाख १८ हजार रुपैयाँ रहेको छ ।
नेपाल बंगलादेश बैंकको खुद नाफा २१.६२ प्रतिशतले घटेको छ । असार मसान्त सम्ममा बैंकले १ अर्ब २४ करोड ४५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा देखिन्छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा १ अर्ब ५८ करोड ७९ लाख ६० हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ४४ करोड ९१ लख १४ हजार रुपैयाँ रहेको थियो ।
एभरेष्ट बैंकको खुद नाफा पनि १८.१४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५ करोड ४१ लख २२ हजार रुपैयाँ खुद नाफा कर्माको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४९ करोड ९९ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६७ करोड ३१ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
बैंक अफ काठमाडौंको खुद नाफा पनि २२.२१ प्रतिशतले घटेको छ । गत असार मसान्त सम्म बैंकले १ अर्ब ४७ करोड ५५ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८९ करोड ६९ लाख ५६ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा भने ८८ करोड ७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७४ करोड २३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ११.२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा १ अर्ब ९६ करोड २७ लाख ३९ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ६९ करोड ९९ लाख १७ हजार रुपैयाँ रहेको छ ।
एनआइसी एशिया बैंकको खुद नाफा भने बढेको छ । बैंकले ३ अर्ब १२ करोड १४ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरणमा देखिन्छ । यो नाफा ३.२५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३ अर्ब २ करोड ३२ लाख ८३ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४४ करोड ७ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
मछापुच्छ«े बैंकको खुद नाफा भने २६.२२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्तमा १ अर्ब २५ करोड २० लाख ४२ हजार रुपैयाँ आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकको वितरण योग्य मुनाफा ९० करोड ८२ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
कुमारी बैंकको नाफामा भने धेरै गिरावट देखिएको छैन् । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७७ करोड ६० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंले गत असार मसान्तमा १ अर्ब ७७ करोड ६० लाख ३० हजार रुपैयाँ रहेको छ । जुन शुन्य दशमलव ०४ प्रतिशतले कम रहेको छ । यो बैंकको वितरण योग्य मुनाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
लक्ष्मी बैंकको खुद नाफामा पनि गिरावट आएको छ । असार मसान्तमा बैंकको खुद नाफा १ अर्ब ४८ करोड ४७ लाख ८९ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा भन्दा ६.६२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५९ करोड ७४ हजार रुपैयाँ कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब १२ करोड ७२ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
सिद्धार्थ बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ७.३० प्रतिशतले घटेर २ अर्ब ९ करोड २७ लाख ७० हजार रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रुपैयाँ रहेको छ । बैंको वितरण योग्य मुनाफा ८६ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
कृषि विकास बैंकको खुद नाफा १७.२५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १९ करोड १३ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत असार मसान्तमा ३ अर्ब ४६ करोड ८० लाख ३२ हजार रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६६ करोड ५३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई बैंकको नाफा भने ११.८१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७६ करोड १९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा ३ अर्ब ८ करोड ८० लाख ४२ हजार रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७३ करोड २८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफामा २३.७३ प्रतिशतको गिरावट आएको छ । बैंकको खुद नाफा १ अर्ब ११ करोड ६० लाख ४० हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब ४६ करोड ३२ लाख १९ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ८२ करोड ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
प्राइम कमर्सियल बैंकको नाफा भने ४.२८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब १९ करोड ८७ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा २ अर्ब २९ करोड २८ लाख २ हजार रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६१ करोड ५७ लाख १८ हजार रुपैयाँ रहेको छ ।
सनराइज बैंकको खुद नाफा गत आसार मसान्तमा १ अर्ब २९ करोड २८ लाख ७७ हजार रुपैयाँ रहेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १८.३६ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड ६१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा ५२ करोड ९१ लख २१ हजार रुपैयाँ रहेको छ ।
एनएमबि बैंकको खुद नाफामा अघिल्लो आर्थिक वर्षमा भन्दा समान्य वृद्धि भएको छ । बैंकले असार मसान्त सम्ममा २ अर्ब २७ करोड ६ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा ०.५९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड ७२ लाख ७६ हजार रुपैया खुद मुनाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ६८ लाख २९ हजार रुपैयाँ रहेको छ ।
प्रभु बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २३.३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७८ करोड ३५ लाख ९३ हजार खुद नाफा कमाएकोमा गत असार मसान्तमा १ अर्ब ३६ करोड ६९ लाख ७४ हजार रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ८ करोड २६ लाख १७ हजार रुपैयाँ रहेको छ ।
गत असार मसान्त सम्ममा मेगा बैंकले १ अर्ब ५२ करोड ५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षमा भनदा ६.६९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६२ करोड ९६ लाख ८९ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
सिभिल बैंकले गत असार मसान्त सम्ममा ४५ करोड ७० लाख १ हजार रुपैयाा खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ३५.४० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ७० करोड ७४ लाख १२ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा २५ करोड २१ लख ९६ हजार रुपैयाँ रहेको छ ।
सेञ्चुरी कमर्सियल बैंकको खुद नाफा ३४ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैंकको खुद नाफा ९० करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ ।
सानिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २४.५७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ८० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको गत असार मसान्त सम्मको नाफा १ अर्ब ७० करोड ३३ लाख ७३ हजार रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड ९७ लाख २२ हजार रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया