काठमाडौं । मोना शर्मा बुद्धनगरकी बासिन्दा हुन् । जो एक गृहिणी पनि हुन् ।
मोना गृहिणी भएकै कारण घरमा आवश्यक पर्ने सबै खाद्मान लगायत वस्तु उनी आफैले व्यवास्थापन गर्नु पर्ने हुन्छ । यो उनको जिम्मेवारी नै हो । घरमा आवश्यक खाद्मान लगायतका चिज जोहो गर्न कहाँ सजिलो छ र ? एउटै पसलमा सबै वस्तु नपाउने, पाएपनि भाउ चित्त नबुझ्ने ।
तर बिगमार्ट त्यसको बिकल्प बनेको छ । जसले सबै वस्तु एकै स्थानमा उपलब्ध गराएर उनलाई निक्कै सजिलो बनाएको छ । समय हुँदा उनी बिगमार्टका आउट्लेटमा पुगेर सामान खरिद गर्छिन्, यदि समय छैन भने दराजमा उपलब्ध बिगमार्टका सामाग्री अनलाईन बाट मगाउँछिन् । आहा कति सजिलो, घरको ढोकामै सामान अहिपुग्छ । मोनाका अनुसार, उनी बिगमार्टको नियमित ग्राहक हुन् ।
तिनै मोना हुन्, जो बिगमार्टले तिजलाई मध्यनजर गर्दै ल्याएको बिगमार्ट गोल्डेन अफर अन्तर्गत ३ तोला सुन जित्न सफल बनिन् ।
मोना भन्छिन्, बिगमार्टले ल्याएको बिगमार्ट गोल्डेन तिज अफर अन्तर्गत तीन तोला सुन जित्दा निकै दंग छु । उनलाई बिस्वास नै थिएन बिग मार्टको योजना अन्तर्गत आफूले ३ तोला सुन जितौँला भनेर । सो उपहार उनले जितिसकेपछि भने सामाजिक सञ्जालमा उनी बिगमार्टसँग सम्बन्धित भएको या सञ्चालक समूहको अफ्नो मान्छे भएकोले यो उपहार पाएकी हो भनेर आएका प्रतिक्रियाको सामना गर्नु पर्यो । तर उनी उक्त प्रतिक्रियाबाट निरास हुँदै भन्छिन्, म बिगमार्टसँग ग्राहक बाहेक कुनै रुपले संलग्न छैन । बिगमार्टका सञ्चालकसँग पनि मेरो कुनै किसिमको चिनाजान छैन ।
यद्यपि बिगमार्ट प्रति भने म आभारी छु । बिगमार्टलाई अझै धेरै सफलताको सुभकामना दिन चाहन्छुु । भविष्यमा पनि यस्तै किसिमका योजनाहरु आई रहुन् ।
मोना शर्मा मात्र हैन, उनी जस्ता कयाँै गृहिणीका निम्ति बिगमार्टको सेवा आकर्षक बन्दै गई रहेको छ । दाल, चामल, नुन तेल होस् वा मरमसला , सर्फ, स्याम्पु होस् या पफ्र्युम पसल, पसल चाहर्दै हिड्नै पर्दैन सुलभ मुल्यका साथ् एउटै थलोमा पाएपछि ।
अझै अनलाईन बाट नै मगाउन पाउँदा त झनै काइदा, समयको बचत भएको छ । घरको अरु काम गर्न फुर्सद मिलेको छ । त्यसैले त उनीहरु बिगमार्ट प्रति आकर्षित बन्दै छन्।
करिव १० वर्ष अघि सुरु भएको बिगमार्टले हाल ५० वटा शाखा विस्तार गर्न सफल भएको छ । जब कोरोन महामारी निम्तियो तब यसको जोखिमिको रोकथामका निम्ति मुलुक करिव ४ महिनाको लकडाउन बाट गुज्रियो जसबाट जनमानसले भोग्नु परेको कठिनाइ कम कस्टकर थिँएन । तर यस्तो बिषम अवस्थामा पनि बिगमार्ट आफ्नो जिम्मेवारीबाट एक दिन पनि पन्छिएन । बरु ग्राहकसम्म सहज रुपले कसरी पुग्न सकिन्छ भनेर बिकल्प खोज्यो ।
ग्राहकको घरदैलोसम्म अत्यवसेक वस्तुको सहज पहुचँका निम्ति लागी पर्यो । अर्थात कुनै पनि व्यवसाय परिस्थिति बाट बिमुख हुने वा भाग्ने हैन बरु त्यो परिस्थितीसँग कसरी जुध्ने भनेर बिगमार्टले निकै राम्रो उदाहरण पस्किएको छ ।
आफ्ना ग्राहक सगँको सम्बन्धलाई कसरी बल्लियो बनाउन सकिन्छ भन्ने बिषयमा यो संस्था उत्तिकै सचेत देखिन्छ ।
यतिखेर बिगमार्टले कोरोना कहरका बीच नजिकिएको यस वर्षको तिजलाई मध्यनजर गर्दै बिगमार्ट गोल्डेन तिज अफर ल्याएकोे छ ।
जुन अफर अन्तर्गत बिगमार्टबाट प्रति १ हजारको समान खरिद गरे बापत बिगमार्टले एउटा लक्कि ड्र कुपन प्रदान गर्छ । यसै गरी २ हजार रुपैया को खरीदमा २ वटा कुपन र ३ हजार भन्दा अधिक को खरिद मा ३ वटा कुपन प्रदान गर्छ ।
“दराज” द्वारा बिगमार्टका सामान खरिद गर्ने ग्राहकका निम्ति पनि यो योजना लागु गरेको छ । जस मध्य तिन जना भाग्यशाली बिजेताले तिन तोला सुन जित्न सक्ने छन् । तिन जना मध्ये बुद्दनगर कि, मोना शर्मा पहिलो बिजेता हुन सफल भई सकेकी छिन् भने अन्य २ बिजेता आगामी भाद्र ४ गते अर्थात तिजको मुख्य दर खाने दिने ए पी वान टेलिभिजनमा आयोजना हुने प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत छानिने छन् । र योजना भने भाद्र ३ गते सम्मका लागि रहने छ ।
बिगमार्ट व्यवस्थापनले बिगमार्ट गोल्डेन तिज अफरमा ग्राहक महानुभावले देखाएको उत्साहले आफूुहरु पनि व्यापक उत्शाहित भएको र आगामी दिनमा पनि यस्तै किसिमका अफरहरु ल्याउने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया