विधेयक फिर्ता

जनकपुर । प्रदेश नं २ का प्रदेशप्रमुख तिलक परियारले ‘प्रदेश सञ्चार विधेयक’ फिर्ता पठाएका छन् ।प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएका सो विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजन नमिलेको कारणले फिर्ता पठाइएको प्रदेश प्रमुखका स्वकीय सचिव पद्म विश्वकर्माले जानकारी गराउएका छन् ।

विधेयकको विभिन्न दफा उपदफामा देखिएका त्रुटिलाई सच्याउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाइएको र विधेयक सच्याएर आएपछि प्रमाणीकरण हुने उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?