यस वर्षको एसईईको परीक्षाफल सार्वजनिक

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ‘एसईई’को परीक्षफल प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको हो ।

आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गर्ने निर्णय गरेसँगै परीक्षाफल सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

गत वर्षको चैत ६ गतेका लागि तोकिएको परीक्षा कोरोनाको कारण रोकिएको थियो । आन्तरिक मूल्यांकनको आधारमा बिद्यालयले पठाएको नतिजाको आधारमा परीक्षाफल सार्वजनिक गरेको बोर्डले जनाएको छ ।

शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार लाख ८२ हजार जनाले फारम भरेका थिए। हाल चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?