काठमाडौं । न्यूजिल्याण्डमा बस्नेवाला एक सात वर्षीय समीर अनवर नामका एक बालकका नाकमा दुई वर्ष पहिला लेगो पीस पसेको थियो ।
बच्चाले खेल्दा खेल्दै आफ्नो नाकमा लेगो पीस हालेका थिए । यो घटनासहित उनका आमा बुवा डाक्टरसँग भेट्न बच्चालाई लिएर गए । तर डाक्टरले नाक भित्र भेट्टाउन सकेकनन् । एक्सरे गर्दा पनि केहि पत्ता लाग्न सकेन ।
उनीहरु सबैले बच्चाले निलेको होला भन्ने सोचे । तर यस्तो भएन । त्यसको दुई वर्ष पछि १६ अगस्टमा उनी आफ्नो परिवारको साथमा बाहिर खाना खान गएाक थिए । यसै बेला उनले केक खानु भन्दा पहिला सुँघ्न थाले ।
त्यहि बेला उनको नाक दुख्न थाल्यो । डेली मेलका अनुसार समीरले हाच्छ्यूँ गरे । त्यहि बेला लेगो पीस उनको नाकबाट बाहिर आयो । यो दृश्य देखिरहेका सबै चकित बनेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया