काठमाडौं । कोरोनाको महामारीका कारण भेटघाट, सभा, गोस्टीहरु बन्द छन् । त्यसैले अधिकांश कामहरु अनलाइनबाटै भईरहेको छन् ।
विशेष गरेर अनलाइन कलको माध्यमबाट । यसैबीच धेरै मानिसहरु क्यामेराको अगाडि गल्ती गरिरहेको देखिएको छ ।
यस्तै एउटा घटना हालै मात्र ब्राजिलमा भएको छ । भिडियो कल पछि क्यामेरा बन्द नगर्दा एक जोडीको हालत खराब छ ।
यो घटना एक सरकारी मिटिंगको बेला ब्राजिलको रियो दि जेनेरियोमा सिटि काउन्सिलमा भएको थियो ।
डेलिमेलका अनुसार बैठकमा महामारी यो अवस्थामा म्यूनिसिपल सिस्टमको माध्यमबाट कसरी स्टूडेन्ट्सलाई फूड सिक्योरेटी दिने भन्ने बारेमा छलफल भएको थियो । बैठकमा शहरका केहि मानिसहरु रहेका थिए ।
अचानक एक सदस्यले बैठक छोडे तर क्यामेरा अन गर्न बिर्सिए र आफ्नो पार्टनरसँग शारीरिक सम्बन्ध राख्न थाले ।
मिटिङ लगभग १० बजेबाट शुरु भएर ४ घण्टासम्म चलेको थियो । उनीहरुले ति व्यक्तिको चर्तिकलामा बेवास्ता गर्दै मिटिङ गरिरहे ।
बैठकमा रहेका सोशलिज्म एण्ड लिबर्टी पार्टीका नेता लिओनेल ब्रिजोलाले भने, ‘जब हामीले नोटिस गर्यौँ, तब उनीहरुको साउण्ड र भिडियो बन्द गर्न लगायौँ ।’
Get a Zoom! Couple are caught having SEX during Rio de Janeiro council video conference https://t.co/5BmGcqf5IX
— Daily Mail Online (@MailOnline) August 17, 2020
अहिलेसम्म उक्त व्यक्तिलाई के गर्ने भन्ने कुरा भईसकेको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया