स्याङ्जा । किसान होल्डिङ लिमिटेडले सगरमाथा इन्स्योरेन्स सँगको सहकार्यमा निर्जीवन बीमा सेवा शुरु गरेको छ । किसान होल्डिङले स्याङ्जा जिल्लाको चापाकोटमा आफ्नो सहायक संस्था के।एच।एल। म्यानेजमेण्ट कन्सल्टेन्ट्स् प्रालि मार्फत उक्त सेवा सुचारु गरेको जनाएको छ ।
जस अन्तर्गत भवन,कृषि, भ्रमण, सवारी साधन, बैदेशिक रोजगार, कोभिड–१९ लगायतका बिभिन्न बीमाहरु पर्दछन्।
जसको कारण बीमा गर्नको लागि विभिन्न ठाउँमा गइ बिमा अभिकर्ता खोजी सेवा लिनुपर्नेमा आफ्नै ठाउँमा नै यस सेवा लिन पाइने कम्पनीले जनाएको छ ।
साथै,भविष्यमा बीमा बापतको दावी भुक्तानीको प्रक्रियामा पनि सहजता हुने विश्वास कम्पनीको रहेको छ ।
यसको सेवा पनि चापाकोट, पोखरा र काठमाडौं गरी तिनै शहरमा संचालनमा रहनेछ । यसका साथै अहिले केही समयको लागि यस कम्पनी मार्फत बीमा गर्दा प्रिमियममा १० प्रतिशत अतिरिक्त छुट दिई ग्राहकहरुको बीमा खर्चमा भारी बचत हुनेछ भने सवारी साधनहरुको ब्लुबुक नवीकरण पनि यसै कम्पनीले सहजता प्रदान गरेको छ ।
आफ्नो हरेक क्षेत्रगत व्यवसायलाई राष्ट्रिय स्तरमा पुर्याउने योजनाका साथ चलेको यस कम्पनीले अरु दुई क्षेत्रमा पनि उपस्थिती देखाइसकेको कम्पनीको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया