काठमाडौं । पत्रकार प्रकाश सुवेदी र नायिका पूजा शर्माबीच मिलापत्र भएको छ ।
दुबै जनाबीचमा अबदेखि एकले अर्कालाई गालीगलौज नगर्ने, कलाकार र पत्रकारबीच विवाद ल्याउने प्रयास नगर्नेलगायतका सहमति भएको हो । त्यस्तै यसअघिका सबै उजुरबाजुर फिर्ता गर्ने पनि सहमति भएको बताइएको छ ।
मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका कार्यवाहक अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया