नुवाकोट, २० फागुन । फागु पूर्णिमा बिदाको सदुपयोग गर्दै डा गोविन्द केसी नुवाकोटका बिरामीको उपचारमा व्यस्त भएका छन् । डा केसी पञ्चकन्या गाउँपालिका–१ र लिखु गाउँपालिका–४ मा बिरामीको उपचारमा स्वास्थ्य शिविरमा संलग्न भएका हुन् पञ्चकन्या गाउँपालिका–१ आपचौरमा शुक्रबार १५० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्नुभएका डा केसी शनिबार लिखु गाउँपालिका–४ चौघडामा स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्नमा व्यस्त भएका छन् । चौघडा स्वास्थ्य चौकीमा डा केसीले २०७ जना स्थानीयवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्यसम्बन्धी परामर्श र औषधि वितरण गरेको स्थानीयवासी शान्तिकुञ्ज एकेडेमीका अध्यक्ष मधु अधिकारीले जानकारी दिए डा केसी आफ्ना दुई जना सहयोगीका साथमा व्यक्तिगत खर्चमा केही औषधि खरिद गरी तथा केही औषधि कम्पनीबाट सहयोग जुटाएर नुवाकोट आएका हुन् । उनले बिहीबार फागू पूर्णिमाको बिदा र लगत्तै शनिबार पनि भएकाले यो बिदालाई सदुपयोग गर्न आएको बताए । डा केसी भूकम्पपछि सोही महिनाको अन्तिम साता स्वास्थ्य शिविर चलाउन यो क्षेत्रमा आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया