विश्वकप छनोटमा नेपालको यात्रा: टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग भिड्दै नेपाल

काठमाडौँ, २० फागुन – एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा विश्वकप छनोटमा नेपालको यात्रा सहज हुनेछैन टेस्टमा नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो गत महिना नामिबियामा भएको डिभिजन–२ का खेलहरूमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट नाटकीय जित निकाल्दै विश्वकप छनोट खेल्ने मौका पाएको हो सन् २०१९ को विश्वकप क्रिकेटमा १० देशमात्र सहभागी हुने हुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै झिनो छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पु¥याउन सक्छ पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा अघिल्लो महिना डिभिजन टुमा खेलेका अधिकांश खेलाडीले स्थान बनाएका छन् नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोम्पाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐर र दिपी नाथ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?