काठमाडौं । भारतको बिहारमा एक ६५ वर्षीया महिलाले १४ महिनामा ८ बच्चालाई जन्म दिएकी छन् ।
यो हैरान बनाउने केसले सबैलाई अचम्मित बनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चिकित्सा विज्ञानमा यो असम्भव भएपनि नेशनल हेल्थ मिशनले यसलाई सम्भव बनाईदिएको छ । त्यो पनि कागजमा ।
नवभारत टाइम्समा प्रकाशित यो खबर बिहारको मुजफ्फपुर जिल्लाको मुशहरी प्रखण्डको रहेको छ ।
६५ वर्षीय लीला देवी नामकी महिलाले १४ महिनामा ८ बच्चालाई जन्म दिएकी हुन् । तर उनले जन्म दिएका सबै बच्चा कमिसनको लोभमा मात्र रहेको बताइएको छ ।
बच्चा जन्माएको भनेपछि राहत स्वरुप पैसा आउने र त्यहि पैसा कमाउनका लागि कागजी १४ महिनामा ८ बच्चालाई जन्म दिएको बनाइएको थियो ।
जसबापत राहतस्वरुप आउने पैसा मिलेर खाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया