सुशान्त आत्महत्या केस : रियाले महेशसँग भनेकि थिइन्, ‘मलाई एक पटक फेरि बचाउनु भयो’

काठमाडौं । फिल्म डाइरेक्टर महेश भट्ट र रिया चक्रवर्तीको बीचमा भएको ह्वाट्एप च्याटका अन्य केहि स्क्रिन शट सार्वजनिक भएका छन् ।

यो स्क्रिनशट ९ जूनदेखि १५ जूनसम्मका हुन् । रियाले ८ जूनमा सुशान्त सिंह राजपुतको घर छोडेकी थिइन् ।

साथै ९ जून राती करिव १० बजेर २० मिनेटमा उनले महेश भट्टलाई म्यासेज गरेकी थिइन् । जसमा लेखेकी थिइन्, ‘मेरो एन्जल म तपाई बिना के गर्न सक्थेँ, आई लभ यू सर, तपाईले मलाई एक पटक फेरि बचाउनु भयो ।’

जवाफमा भट्टले फोल्डिंग ह्याण्डको इमोजी शेयर गरेका थिए । र रियाले फेरि हृदयको इमोजीबाट आभार प्रकट गरेकी थिइन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गत जून को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?