काठमाडौं । बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंश राजपुतको केस अब सीबीआईले हेरिरहेको छ । यसबारेमा सीबीआई अनुसन्धान थालेको हो ।
यसैबीच सुशान्तकै बिल्डिङमा बस्ने एक छिमेकी महिलाले सुशान्तले आत्महत्या गरेको दिनको बारेमा ठूलो खुलासा गरेकी छन् ।
उनले आत्महत्या गरेको रातमा सुशान्तको घरको कोठाका बत्ती सबै बन्द रहेको बताएकी छन् ।
उनले त्यसरी कहिल्यै नभएको तर त्यो दिन भएको बताएकी हुन् ।
सधैँ ४ बजे विहानसम्म बल्ने बत्ती त्यो दिन साँढे १० बजे ने बन्द भएको उनले सीबीआईको अनुसन्धानका क्रममा बताएकी हुन् ।
साथै उनले उक्त दिन कुनै पार्टी नभएको पनि बताएकी छन् ।
अभिनेता सुशान्तले गत १४ जूनको राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया