जीवाश्मको पेटमा भेटियो ४ मीटर लामो जनावरको कंकाल, वैज्ञानिक हैरान !

काठमाडौं । दक्षिण पश्चिम चीनमा खन्ने क्रममा वैज्ञानिकले एक शिकारी जीवको जीवाश्म फेला पारेका छन् ।

जीवाश्मको पेटमा ४ मीटर लामो जनावरको कंकाल भेटिएपछि वैज्ञानिक नै हैरान भएका छन् । उक्त जीव एक सरीसृप रहेको बताइएको छ ।

उक्त जीवको नाम इचियोसोर रहेको छ । यसको पेटमा पाइएको जीवाश्मलाई देखेर वैज्ञानिक नै हैरान बनेका हुन् ।

यसको बारेमा बिस्तृत अध्ययन बाँकी रहेको बताइएको छ । यो छेपारो जस्तो देखिने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?