लहान, २० फागुन । ग्लोबल आइएमई बैंकले सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित कठौना बजारमा ७४औँ शाखा स्थापना गरेको छ बैंकको शाखाको आज एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्रप्रसाद चौधरी र ग्लोबल बैंकका विप्रेषण तथा क्रेडिट कार्ड प्रमुख रवीन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरेका थिए उक्त शाखाबाट हाल खाता खोल्ने, बचत गर्ने, रकम ट्रान्सफरलगायत सेवा उपलब्ध गराउने ग्लोबल आइएमई बैंकका प्रविणविक्रम शाहीले जानकारी दिनुभयो । भविष्यमा एटिएमलगायत सेवासमेत उपलब्ध गराउने योजना रहेको उनले बताए नगरप्रमुख चौधरीले नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने लक्ष्य लिएकाले सहज रुपमा खाता खोल्ने वातावरण बनाउन बैंकका कर्मचारीलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया