महानायक प्रकरण : जन्मदिनमा दिपाश्रीले दर्शकसँग रुँदै मागिन् माफी (भिडियोसहित)

काठमाडौं । आफ्नो जन्मदिनको अवसरमा नायिका दीपाश्री निरौलाले दर्शकसँग हात जोडेर माफी मागेकी छन् ।

महानायक विवादपछि जन्मदिनको अवसरमा फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै उनले दर्शकहरुसँग रुँदै माफी मागेकी हुन् ।

जन्मिदिनको दिन सात भिनेटको समय माग्दै उनले एक भिडियोमार्फत भनिन्, –‘मेरो अभिव्यक्तिले तपाईहरु सबैको मन दुखेको छ ।

कृपया, आफ्नै दिदीबहिनी सम्झिझिएर मलाई माफी दिनुहोला, म आगामी दिनमा यस्तो विवादित कुुराहरु गर्ने छैन, मैले गल्ती गरेकै हो, मलाई माफ गरिदिनुहोला ।’

साथै उनले समस्याबाट भाग्न भन्दा पनि समस्यालाई व्यवस्थापन गर्नु ठूलो कुरा रहेको बताउँदै आफ्नो ३० बर्ष लामो कलाकारिताको दौरानमा आधी समय पीडादायी भएको समेत बताइन् ।

हाँस्य सिरियल ‘तितो सत्य’ रिलिज भएपछि मात्र आफूले पछाडि फर्किएर हेर्नु नपरेको उनको तर्क छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?