काठमाडौं । वि.सं. २०७७ भाद्र ०८ गते । सोमवार । इ.स.२०२० अगष्ट २४ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । नेपाल संवत् ११४० । भाद्र शुक्लपक्ष । तिथी– षष्ठी–१८ बजेर ५० मिनेट उप्रान्त सप्तमी ।
नक्षत्र–स्वाती,२० बजेर २४ मिनेट उप्रान्त विशाखा । योग– शुक्ल,०९ बजेर ११ मिनेट उप्रान्त ब्रम्ह् । करण– कौलव,०८ बजेर ०३ मिनेट उप्रान्त तैतिल,१८ बजेर ५० मिनेट उप्रान्त गर । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ३९ मिनेटमा, सूर्यास्त १८ बजेर ३१ मिनेटमा । दिनमान ३२ घडी १० पला । सूर्य षष्ठी ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भौतिक स्रोत साधनको प्रयोग मार्फत व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईँको नाम आउनेछ । व्यापारमा सामान्य वृद्धि भएपनि आर्थिक अवस्था कमजोर नै रहनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाई लेखाईमा गरीएको मेहनेतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । राम्रोसँग मेहनेत गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने विभिन्न वस्तु तथा उपाहार प्राप्त हुनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउँनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्षित गर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तरपनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्ने सकिनेछ । दाजुभाई,आफन्त तथा छिमेकिका साथ रमाईलो गर्दै दिन व्यतित हुनेछ । व्यापार व्यवसायमा सानो लगानी गरी पछीको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ । प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाई लेखाई प्रगतिकै बाटोमा लैजान सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
रमाईलो गर्ने अवसर जुर्ने तथा साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यवसायमा समय दिन सके सामान्य आम्दानी हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने गरीरहेको कामबाट न्यून धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापारमा मन्दी आउने तथा उधारो लानेहरुको संख्या बढ्नेछ । स्वदेशी सामानको व्यापारमा कमी आएपनि विदेशमा उत्पादन भएका सामानको व्यापार बढ्नेछ । पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरु तिरै जानेछ । प्रेममा धोका तथा अविस्वास बढ्ने योग रहेको छ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यवसाय सामान्य आम्दानी बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गरी कृषिमा लगानी गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेको छ । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरी आए बढाउन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिएपनि अन्ततः काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लामो खटाईमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूति हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुनेछ । विवाद तथा आलोचना हुदा हुदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया