‘बजरंगी भाइजान’ ले आमिर खानको दंगललाई पछार्‍यो

मुम्बई – सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ ले चीनमा रिलिजको पहिलो दिन नै १८ करोड कमाइ गर्‍यो । भारतमा यो फिल्म दुई वर्ष पहिले रिलिज भएको थियो ।यो फिल्ममा एउटा यस्तो व्यक्तिको कहानीलाई समेटिएको छ, जो भारतमा हराएकी एक पाकिस्तानी बालिकालाई सीमा पार गराएर उसको घर पुर्‍याउँछ । यो फिल्म चीनमा रिलिज भएको पहिलो सलमान खान अभिनित फिल्म हो ।सलमानको पहिलो फिल्म भएपनि आमिर खान भने चीनमा बढी लोकप्रिय मानिन्छन् ।चीनको बक्स अफिसका अनुसार चीनमा आमिर खानको पहिलो दिनको कमाइलाई जितेको छ । समाचारका अनुसार ‘दंगल’ ले चीनमा कुल १ हजार करोड कमाई गरेको थियो । साथै चीनमा धेरै कमाउने फिल्मको रेकर्ड पनि राख्यो ।तर आमिर खानकै अर्को फिल्म ‘सेक्रेट सुपरस्टार’ ले भने दंगलले भन्दा पनि राम्रो वयापार गरेको थियो । सलमान खानको चलचित्र ‘बजरंगी भाइजान’ ले राम्रो व्यापार गर्ने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?