काठमाडौँ, २० फागुन – आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको छ ।जिम्बाब्वेस्थित क्वीन्स स्पोर्टस क्लबमा टस जितेर पहिले व्याटिङ रोजेको जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनायो ।३८१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल पूरै ५० ओभर खेल्दा ८ विकेट गुमाएर मात्र २६४ रनमा समेटियो ।नेपालको ब्याटिङमा आरिफ शेख र शरद भेषवाकरले अर्थसतक बनाए । शेखले ५० र शरदले ५२ रन बनाएका हुन् ।यस्तै पारस खड्काले ४० रनको योगदान दिँदा ज्ञानेन्द्र मल्ल ३२ र आरके पौडेलले ३० रन बनाए ।यसअघि जिम्बाब्वेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गर्दै विशाल योगफल बन्न पुग्यो । शिकन्दरले सर्वाधिक १२३ रन जोडे भने ब्रेन्डन १०० रन जोड्दै आउट भए । त्यसैगरी जिम्बाब्वेका सोलोमन मिरेले ५२ रन बनाए ।त्यसैगरी, सेफास झुवाओले ४१, क्रेग एर्भिनले ३४ तथा ह्यामिल्टन मासाकाड्जाले १७ रन जोडे ।नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए भने सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले एक–एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया