अघिल्लो आर्थिक वर्षमा कति तरलता प्रवाह गरियो ?

काठमाडौं । आर्थिक वर्ष २०७६-७७ मा खुला बजार कारोबारमार्पmत कुल रु.२१९ अर्ब १६ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस अन्तर्गत रिपोमार्फत् रु. ११५ अर्ब ७ करोड र स्थायी तरलता सुविधामार्फत् रु. १०३ अर्ब २ करोड प्रवाह भएको छ । अघिल्लो वर्ष रु.३२२ अर्ब ४९ करोड तरलता प्रवाह भएको थियो ।

समीक्षा वर्षमा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्फत्पटक–पटक गरी कुल रु.७८ अर्ब तरलता प्रशोचन गरिएको बैंकले जनाएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् रु.३० अर्ब र रिभर्स रिपोमार्पmत् रु.४८ अर्ब तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१०० अर्ब ३५ करोड तरलता प्रशोचन भएको थियो ।

समीक्षा वर्षमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब २१ करोड खूद खरिद गरी रु.४९२ अर्ब २४ करोड तरलता प्रवाह गरेको पनि बैंकले जनाएको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब १९ करोडखरिद गरी रु.३६० अर्ब ९१ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलर ३ अर्ब ८२ करोड बिक्री गरी रु.४४२ अर्ब १३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब २४ करोड लगायत अन्य विदेशी मुद्रा विक्री गरी रु.५१६ अर्ब ९७ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?