भोजपुरमा जलविद्युत् निर्माणको शिलान्यास

भोजपुर, २१ फागुन । भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेघावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो ।रु एक अर्ब ५० करोडकोे लागतमा सम्पन्न गरिने प्रालिका संस्थापक अध्यक्ष अम्बिकाप्रसाद ढकालले जानकारी दिए । भोजपुर नगरपालिका–१२ सिक्तेल बेहेरे दोभानमा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको काम २०७६ साल चैत मसान्तभित्र सम्पन्न गर्ने ढकालको भनाइ छ । यो आयोजना भोजपुरको सबैभन्दा ठूलो रहेको र आयोजना सम्पन्न भएपछि स्थानीयवासीलाई पहिलो प्राथमितामा राखेर विद्युत् वितरण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?