फिचर फिल्म गोर्खा बीनीथ द ब्रेभरी को प्रर्वद्धनमा खुकुरी ट्रिपल एक्स रमको सहकार्य

काठमाडौं । गोर्खाली वीरको कथामा बनेको पहिलो फिचर फिल्म गोर्खा बीनीथ द ब्रेभरी को प्रर्वद्धनमा खुकुरी ट्रिपल एक्स रमबीच सहकार्य भएको छ ।

बेलायतको प्रतिष्ठित वीरता पुरस्कार भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो गोर्खाली स्व.सर्जेन्ट कुलबीर थापाको जीवनगाथामा आधारित चलचित्र गोर्खा बीनीथ द ब्रेभरीको प्रवद्र्धनमा खुकुरी रमले सहकार्य गरेको घोषणा गरिएको छ ।

यस फिल्मको निर्माण एसएचवाइ प्रोडक्सनले गरेको हो र चलचित्रको निर्देशन एवं लेखन पुरस्कार विजेता निर्देशक प्रदीप शाहीको रहेको छ । चलचित्रको विशेष शो गएको जुलाई महिनामा बेलायत र नेपालमा एकसाथ गर्ने तय गरिएको थियो तर कोभिड–१९ को कारण हाललाई प्रदर्शनीको मिति पछि सारिएको छ । यो सहकार्यबाट खुकुरी रमले गोर्खालीहरुको बहादुरी, करुणा र मित्रतालाई अझ प्रकाश पार्न मद्दत पुग्ने अपेक्षा गरेको जनाइएको छ ।

“नेपालको खुकुरी विश्वभर वीरताको प्रतिक मानिन्छ र यही खुकुरी गोर्खालीको शान बन्दै आएको छ । नेपालीको परम्परा बनेको खुकुरी जस्तै खुकुरी रम पनि नेपालको मौलिक एवं परम्परागत स्वादका लागि विश्वका कतिपय देशहरुमा परिचित छ । यो एउटा संयोग नै हो कि साहसीको प्रतिक खुकुरी रम वीरगाथाको कथामा आधारित चलचित्रसँग जोडिन गएको छ, र यो सहकार्यले दुवै पक्षको आकर्षणमा वृद्धि हुने विश्वास लिएको छु ।” खुकुरी रमका निर्माता नेपाल डिस्टिलरीज्का कार्यकारी प्रमुख कृष्ण कुमार चुरिवालाले भने ।

खुकुरी रमले प्रवद्र्धन कार्यमा सहयोग पु¥याएकोमा आभार व्यक्त गर्दै चलचित्रका निर्देशक एवं लेखक प्रदीप शाहीले भने, “गोर्खा बीनीथ द ब्रेभरी एक मनोवैज्ञानीक युद्धको चलचित्र हो जुन स्व. सर्जेन्ट कुलबीर थापा भिसिको वास्तविक कथामा आधारित छ । गोर्खा–गाथालाई फिल्मीकरणको ढाँचामा ल्याउने लक्ष्य लिएको यो पहिलो यसप्रकारको ऐतिहासिक चलचित्र हो । यद्यपि यो यसको मुटु भएपनि यो चलचित्र हाम्रा पुर्खाहरु प्रतिको एक समर्पण हो जसले विश्वव्यापी रुपमा बहादुरी तथा वफादारीको विरासत कायम गरेका छन् र हाम्रो उज्ज्वल भविष्यको लागि त्यति धेरै त्याग गरेका छन् । अन्य कुनै पनि व्यवसायिक चलचित्रभन्दा भिन्न तवरले हामीले चलचित्र निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थाको जोहा गरेका छौं । यस कार्यमा गोर्खालीको कथा विश्वभर फैलाउन लालायित रहेका र त्यसमा गर्व महसुस गर्ने धेरैजना व्यक्तिहरुका साथै खुकुरी रम जस्तो उदार प्रायोजकको पनि सहयोग प्राप्त भएको छ । हामी खुकुरी रमसँग हाम्रो प्रायोजक तथा प्रवद्र्धन साझेदारको रुपमा जोडिन पाएकोमा गौरवान्वीत भएका छौं ।”

साथसाथै, खुकुरी रमले प्रवासी नेपालीहरुमाझ विश्वभर गरिने प्रिमियरको लागि पनि सघाउने जानकारी पनि निर्देशक प्रदी शाहीले दिएका छन् । खुकुरी रमले लिएको यो कदमले नेपाली चलचित्रको उत्थान र प्रवद्र्धनमा टेवा पुग्न जाने विश्वास गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?