काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको केसमा अब ड्रग्स एंगलको इन्ट्री भएको छ ।
भारतीय सञ्चारमाध्यम देनिक भास्करमा रहेको यो च्याटमा उनी गौरव नामका एक व्यक्तिसँग ड्रग्सलार्य लिएर कुरा गरेको देखिएको छ । तर उनका वकीलले भने रियाले आफ्नो जीवनमा ड्रग्स नलिएको बताएका छन् ।
त्यसको लागि रिया कुर्नै पनि टेस्टको लागि तयार रहेको उनले बताएका छन् । रियाको ड्रग्स कनेक्शन देखिएपछि नाराकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) अनुसन्धानमा लागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
रियाको उक्त च्याट रिट्रीभ च्याट्स हुन् । यो च्याट रियाले आफ्नो फोनबाट डिलिट गरेकी थिइन् । पहिलो च्याट रिया र गौरव आर्या व्यक्तिको बीचमा भएको छ ।
रिया र सुशान्त अप्रिल २०१९ बाट नजिकिएका थिए । त्यसपछि रिया सुशान्तसँग लिभ इनमा रहेकी थिइन् ।
पहिलो च्याट : ८ मार्च सन् २०१७ मा गौरवलाई रियाले ‘हामी ड्रग्सको कुरा गरौँ, मैले धेरै ड्रग्सको प्रयोग गरेकी छैन ।’
दोश्रो : ‘तिमीसँग एमडी छ ?’ यसको मतलव, मेथिलिन डाइओक्सी मेथामफेटामाइन, अर्थात एक प्रकारको ड्रग्स ।
तेश्रो च्याट : ८ मार्च सन् २०१७ मा रियाले गौरवसँग ‘यदि धेरै चाँडो नशा चढ्ने ड्रग्सको कुरा गर्ने हो भने मैले त्यस्तो धेरै गरेको छैन, एक पटक एमडीएम लिएको थिएँ । यो च्याटबाट उनले ड्रग्स लिएको पुष्टि हुन्छ ।’ त्यसपछि उनले भन्छिन्, ‘के तिमीसँग एमडी छ ?’
चौथो च्याट : यो च्याट भने स्यामुएल मिराण्डा र रियोको बीचको हो । १७ अप्रिल २०२० को यो च्याटमा स्यामुएल मिराण्डा भन्छन्, ‘हाई रिया, स्टफ लगभग सकिसकेको छ, यसपछि मिराण्डा रियासँग सोध्छन्,के हामी यो सोविकको साथीसँग लिन सक्छौँ, तर उसँग मात्र ह्याश र बर्ड छ ।’
यी दुबैलाई नर्मल ड्रग्स भनिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया