काठमाडौं – आफैले आयोजना गरेको कार्यक्रममा अभिनेत्रीहरु खुसी हुन पर्ने हो । तर पछिल्लो समय अभिनेत्रीहरु आफ्नै कार्यक्रममा रुन थालेका छन् ।केही दिन पहिले अभिनेत्री आचल आफ्नो जन्मदिनको केक काट्दै रोएकी थिइन्, भने अहिले अभिनेत्री पुर्णिमा लामा आफ्नो चलचित्र ‘हिरोज्’को टे«लर सार्वजनिक कार्यक्रममा रोएकी छन् ।अभिनेत्री लामा आइतबार राजधानीमा आयोजित चलचित्र हिरोज्को कार्यक्रममा रोएकी हुन् । चैत्र २३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको बारेमा बिभिन्न जानकारी दिन आयोजित कार्यक्रममा उनी चलचित्र निर्माणको दुःख सम्झदै रोहेकी हुन् ।‘मैले हिरोज् बनाउदा धेरै दुःख पाएँ । पैसाले मात्रै चलचित्र बन्दो रहेनछ ’ उनले रुँदै भनिन्, ‘मिहीनेत अनुसार चलचित्र निकै राम्रो बनेको छ ।’ कार्यक्रममा अभिनेत्री तथा निर्मात्री पूर्णीमाले आफू चाहेर निर्माता नबनेको समेत खुलासा गरिन् ।पूर्णीमा लामाको निर्माण अनि एनबि महर्जनको निर्देशनमा बनेको हिरोज्को कार्यक्रममा ट्रेलरसहित ४ गीत समेत सार्वजनिक गरिएको हो ।चलचत्रिमा बेरोजगारीको पीडा, मानव बेचबिखन, समाजीक भेदभाव र न्यायको लागि संघर्षको कथा प्रस्तुत गरिएको कार्यक्रममा जानकारी दिइयो ।हिरोज्मा करिश्मा मान्नधर, जयकिसन बस्नेत, पूर्णीमा लामा, संजोग राणाका साथमा कमली वाइवा,मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ,सहिन प्रजापति,दिनेश डिसीलगायतले अभिनय गरेका छन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको फिल्म शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।जय लक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् ।चलचित्रको निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । फिल्ममा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्म सुनील मानन्धर, रोहीत कट्टेल र रत्न श्रेष्ठले बितरण गर्दैछन् ।कार्यक्रममा चलचित्रका अभिनेता तथा कथाकार संजोग राणाले निर्देशक एनवी महर्जन उपस्थित नभएकोमा चित्त दुखाए । ‘उहाँले आफूले बोलेको कुरा पुरा गर्न सक्नु भएन ।’त्यसैगरि अर्का निर्माता शेखर लामाले आफूहरुले निकै मिहीनेत र ध्यान लगाएर फिल्म निर्माण गरेको भन्दै सुखद अपेक्षा राखेको बताए । उनले पनि कार्यक्रममा निर्देशक महर्जनको अनुपस्थितिमाथि कटाक्ष गरे । भने, ‘उहाँ आइदिएको भए दुखसुखका कुरा गर्नु हुन्थ्यो । आउनु भएन । ठिकै छ । हामी आफ्नो तवरले अघि बढेका छौ ।’अभिनेत्री करिष्माले कार्यक्रममा चलचित्र राम्रो बनेको दाबी गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया