नयाँशक्ति पार्टीको बैठकका निर्णय सार्वजनिक

काठमाडौं, २१ फागुन । नयाँ शक्ति पार्टी, नेपालले लुम्बिनीमा फागुन ९–१० गते संघीय परिषद्को चौथो विस्ताररित बैठक सम्पन्न गरेको थियो ।सो बैठकद्वारा पुर्नगठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठक यहि फागुन १९–२० गते पार्टीका संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षमा काठमाडौंमा बसेको थियो ।पार्टी संयोजक डा. भट्टराईको अध्यक्षतामा काठमाडौंमा बसेको उक्त बैठकले केही महत्वपूर्ण निर्णयहरु प्रेस–वक्तव्य मार्फत सार्वजनिक गरिएको छ ।त्यस्तै, प्रेस–वक्तव्य मार्फत् सार्वजनिक गरिएको महत्वपूर्ण निर्णयरु यस प्रकारका छन्:१. बैठकले लुम्बिनी विस्तारित बैठकबाट प्राप्त सुझावहरुका आधारमा परिमार्जन सहित राजनीतिक प्रतिवेदन पारित ग¥यो ।२. बैठकले निम्न बमोजिम १७ सदस्यीय सचिवालय गठन गरेको छः-१. डा. बाबुराम भट्टराई२. कल्पना धमला३. केशव दाहाल४. कृष्णकुमार चौधरी५. गंगानारायण श्रेष्ठ६. डम्बर खतिवडा७. डा. केशवमान शाक्य८. दुर्गा सोव९. देवीप्रसाद ओझा१०. नवराज सुवेदी११. परशुराम खापुङ१२. राजेन्द्रकुमार किराँती१३. रामरिझन यादव१४. रुद्रबहादुर गुरुङ१५. सरुण बाठा मगर१६ हिसिला यमी१७. संरक्षक परिषद्को संयोजक३. निम्नबमोजिम प्रादेशिक इन्चार्ज र संयोजकको जिम्मेवारी तय गरियोःप्रदेश इन्चार्जः राजेन्द्रकुमार किराँती, रामरिझन यादव, गंगानारायण श्रेष्ठ, रुद्रबहादुर गुरुङ्ग, नवराज सुवेदी, कर्णाली प्रदेश, कृष्णकुमार चौधरी, प्रवासहिसिला यमी रहेका छन् भने प्रदेश संयोजकः देवराज भण्डारी, सुशीला यादव, सोनामसिं स्याङतान, देवीप्रसाद सुवेदी, दानबहादुर चौधरी, सरुण बाठा मगर, रामबहादुर बोहरा, प्रकाशबहादुर साउद, धनबहादुर गुरुङ रहेका छन् ।४. प्रशान्त सिंह र डम्बर खतिवडालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरियो भने  केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी राजु नेपाललाई दिने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?