‘द सेप अफ वाटर’ लाई ओस्कार अवार्ड

काठमाडौं, २१ फागुन । चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डमा यस वर्ष ‘द सेप अफ वाटर’ फिल्म सर्वोत्कृष्ट घोषित भएको छ । सो फिल्म ‘द सेप अफ वाटर’का लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।लस एन्जेलसमा सम्पन्न भएको ९०औं ओस्कर अवार्डमा सार्वधिक १३ विधाका लागि सेप अफ वाटर मनोनयनमा पर्न सफल भएको थियो । फिल्मले जम्मा चार अवार्ड जितेको छ ।त्यस्तै, ‘डार्केस्ट अवार’बाट सार्वेत्कृष्ट अभिनेताको अवार्ड गेरी ओल्डम्यानले जितेका छन् । यसैगरी फ्रान्सेस म्याडोरम्यान्डले ‘थ्री बिलबोडर््स आउटसाइट एबिङ मिसोउरी’ सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् ।साथै विदेशी भाषाको चलचित्रमा स्पेनिस भाषाको फिल ‘द फेन्टास्टिक वुमेन’ सर्वोत्कृष्ट हुन सफल भएको छ ।अन्य विजेताहरु यस प्रकार छन्ःसर्वोत्कृष्ट सहायक अभिनेताः साम रकवेल (थ्री बिलबोड्स आउटसाइड एबिङ मिसउरी)सर्वोत्कृष्ट सहायक अभिनेत्रीः ऐलीसन जेनी (आई तोन्या)सर्वोत्कृष्ट सम्पादनः डनकर्क (ली स्मिथ)सर्वोत्कृष्ट डकुमेन्ट्री (फीचर)स् डनकर्क (ली स्मिथ)सर्वोत्कृष्ट ध्वनी सम्पादनः डनकर्क (रिचर्ड किङ र एलेक्स गिबसन)सर्वोत्कृष्ट साउन्ड मिक्सिङः डनकर्कमौलिक पटकथाः गेट आउट, जोर्डन पीलेप्रोडक्सन डिजाइनः द सेप अफ वाटरविदेशी भाषाको चलचित्रः अ फेन्टास्टिक वुमेनएनिमेटेड फिचर फिल्मः कोकोभिजुअल इफेक्ट्सः ब्लेड रनर २०४९बेस्ट डकुमेन्ट्री शर्टः हेवन इज द ट्राफिक जेम अन द ४०५ फ्रैर स्टेफेल)एडेप्टेड स्क्रीनप्लेः कल मि बाई योर नेम (जेम्स इवोरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?