सुशान्त आत्महत्या केसमा नयाँ ‘ट्विस्ट’ : रियाले खोलिन् यस्तो राज !

काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा सीबीआईको अनुसन्धान पछि एक पछि अर्को रहस्य खुलिरहेका छन् ।

यसैबीच सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले एक अन्तर्वार्ताका क्रममा उनीमाथि लागेको आरोपको जवाफ दिएकी छन् ।

उनले आफ्नो यूरोप ट्रिपको बेला सुशान्तले सबैलाई आफूलाई फ्लाईटमा बस्नाले क्लोस्ट्रोफोबिया हुने गरेको बताएको रियाले बताएकी छन् ।

साथै उनले त्यसको लागि एक औषधि रहेको र त्यो नै सुशान्तले लिने गरेको बताएकी हुन् । जसको नाम मोडाफिनी रहेको उनले बताएकी छन् ।

सुशान्तसँग औषधि जहिल्यै हुने गरेको बताएकी हुन् । उनले त्यो बेला पनि औषधि लिएको उनले बताएकी छन् ।

उनले भनिन्, ‘सम्भवतः हरेक फ्लाइट भन्दा अगाडि उहाँले लिने गर्नुहुन्थ्यो होला भन्ने मलाई लाग्यो, त्यहाँ पुगेर हामी पहिला पेरिस ल्याण्ड भयौँ, पहिलेका तीन दिन सुशान्त कोठाबाट निस्किएनन्, त्यसैले मलाई के भयो भन्ने लाग्यो, उनले थपिन्, उ धेरै एक्साइटेड थियो किनभने, हामीलाई पेरिसमा कसैले नचिनोस्, किनभने जो उसले मलाई वास्तविक नेचर देखाउन चाहान्थ्यो, तर उसको नेचर सधैँ त्यस्तै नै थियो । त्यसपछि हामी स्विट्जरल्णडमा गयौँ त्यहाँ पनि उ ठीक थियो, त्यहाँ भने उ बाहिर निस्किएको पनि थियो, त्यसपछि हामी इटाली गयौँ, हामी एक होटलमा गयौँ, जसको नाम थियो पलाजो म्यानेनी फरेनी। यो एक भूतिया होटल थियो, हामीलाई बुकिंग भन्दा पहिला थाहा थिएन, हामी त्यहाँ बस्दा अनौठा घटना भए ।’

एजेन्सीको सहयागमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?