काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया