काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्माहत्या प्रकरणले अहिले सारा बलिउड शोकमा छ ।
उनको मृत्यु भएको दुई महिना बितिसक्दा समेत उनको केस साम्य भएको छैन ।
सीबीआईले अनुसन्धान थालेपछि झनै एकपछि अर्को खुलासा भईरहेका छन् ।
यसैबीच भारतीय सञ्चारमाध्यमसँगको पहिलो अन्तर्वार्तामा सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले सुशान्तको शवको अगाडि आफूले सरी बाबू भनेको बताएकी छन् ।
उनले भनिन्, ‘हो मैले सरी बाबू नेकी थिएँ, म अरु के भन्न सक्थेँ, मृत्युमा अहिले जोडेर मजाक बनाइयो । उनले भनिन्, म त्यो दिन घरमा थिएँ, भाईसँग कुरा गर्दै थिएँ, पहिला खबर आयो मैलो पत्याइन, किनकी हावा कुरा जस्तो लाग्यो, पछि फेरि स्पष्किरणसहित खबर आयो, सुशान्तको परिवार म त्यहाँ गएको चाहाँदैन थियो, त्यसैले म उनको घर गइन,म आफैँमा हराईसकेकी थिएँ,मलाई यस्तो कसरी भयो थाहा नै पाउन सकिरहेकी थिइन,फ्यूनरलको लिस्टमा अरु धेरै इण्डस्ट्रीका मानिसको नाम थियो तर मेरो थिएन, त्यसैले मलाई लाग्यो म त्यहाँ जान उचित छैन, म शव गृहमा गएँ र सरी बाबू भने, अरु के भन्न सक्थेँ, जो संसार छोडेर गईसक्यो, अहिले मृत्युलाई मजाक बनाईयो, म त्यहाँ जम्मा ३/४ सेकेण्ड नै बसेकी थिएँ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया