हेटौंडा, २१ फागुन । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले केन्द्र सरकारका कारण प्रदेश सरकार समेत प्रभावकारी बन्न नसकेको आरोप लगाएका छन् ।उनले केन्द्र सरकारले कानुन नबनाइदिँदा प्रदेश सरकार अन्योलमा परेको बताए । सोमबार हेटौंडामा आयोजित कार्यक्रममा उनले केन्द्र सरकारलाई कानून निर्माण गर्न प्रदेश तहबाटै झकझक्याउन आवश्यक रहेकोमा जोड दिए ।अब केन्द्र सरकारको मुख नताकी आफै कानून बनाउने उनको भनाई थियो । उनले भने, ‘हामी पनि जनताबाटै निर्वाचित भएका हौं, त्यसैले आफै कानून बनाउने जमर्कोमा लागेका छौं ।’प्रदेश सरकारले तयार गर्ने कानूनले कसैलाई अन्याय नगर्ने भन्दै उनले यस्ता कानूनले जनता र व्यवसायी सबैको हितमा हुने दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया