काठमाडौं । बलिउडमा अहिले सुशान्त आत्महत्या केसले तरङ्ग छाएको छ । सीबीआईले अनुसन्धान थालेको ८ औँ दिनसम्म विभिन्न खुलासा भईसकेका छन् ।
सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भने दिनप्रीतदिन आरोप लागिरहेका छन् ।
सुशान्तले गत जून १४ तारिखको राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको आत्महत्या प्रकरणलाई लिएर अनुसन्धान भईरहेको हो ।
यसैबीच आरोपले वाक्कदिक्क बनेकी रिया चक्रवर्तीले भारतीय सञ्चारमाध्यमसँगको पहिलो अन्तर्वार्ताका क्रममा सुशान्तसँगका विभिन्न पलहरु शेयर गरेकी छन् ।
उनको ह्वाट्सएप च्याट, गौरव आर्या, जया शाह र सैमुअलसँगको च्याट बाहिरिएपछि त्यसको बारेमा मुख खोलेकी छन् ।
उनले ड्रग्समाथि लागेको आरोपको प्रतिक्रिया दिएकी छन् ।
यो प्रश्नमा उनले भनिन्, ‘अब यहि बाँकि रहेको छ, एक महिलामाथि अत्याचार गर्नका लागि, म त भन्छु, एक बन्दुक लेर आओ र मेरो सबे परिवारलाई लाइनमा उभ्याएर गोली हान ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया