बुटवल, २१ फागुन । ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभित्र ३ वटा महानगरपालिका बनाउने बताए ।बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभाको विधान सभामा बोल्दै उनले बुटवल र भैरहवा जोडेर एउटा, दाङ उपत्यकाका उपमहानगर तथा नगरपालिका समेटेर अर्को र नेपालगञ्ज, कोहलपुर बर्दियालाई समेटेर अर्को महानगपालिका बनाउने योजना बनाएको मुख्यमन्त्री पोखरेलले बताएका हुन् ।त्यस्तै मुख्यमन्त्री पोखरेलले भने, स्थानीय तहलाई नयाँ मापदण्डसहितको मिनि सिंहदरबार बनाउने गरी योजना अगाडि बढाउनुपर्ने बताए । उनले वडा कार्यालयदेखि नगर, उपमहानगर र महानगरसम्मका कामहरुलाई आधुनिक बनाउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया