सुशान्तले ‘के छ बेबू’ भन्दा मैले नम्बर ‘ब्लक’ गरिदिएँ : रिया चक्रवर्ती

काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको मृत्यु भएको धेरै समय भईसकेको छ । तर उनको केश भने अहिले पनि त्यस्तै छ ।

अहिले सीबीआईले उक्त अनुसन्धान गरिरहेको छ । यसैबीच उनकी प्रेमिका तथा बिलउड अभिनेत्री रिया चक्रवर्तीमाथि विभिन्न आरोप लागेका छन् ।

उनले आरोपको खण्डन गर्ने क्रममा दिइएको पहिलो अन्तर्वार्ताका क्रममा ९ जूनको घटना बताएकी छन् ।

एक भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्ताम उनले ८ जूनमा सुशान्तले नै घर छोडेर जा भनेपछि छोडेको र एक पटक समेत रोक्नलाई आग्रह नगरेको, साथै कल पनि नगरेको बताएकी छन् ।

साथै उनले ९ जूनमा आएर भने एक म्यासेज गरेको बताइन् ।

उनले भनिन्, ‘मलाई ९ जूनमा के छ बेबू भनेर म्यासेज आएको थियो, मलाई सुशान्त मायाँले मलाई बेबू भन्ने गर्दथे, मलाई रिस उठेको थियो घरबाट जा भनेर एक पटक समेत नरोक्दा, साथे कल नगर्दा, त्यसैले मैले ९ जूनमा म्यासेज आएपछि ब्ल्क गरिदिएँ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?