काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ को राति बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्मह्या गरेका थिए ।
त्यसपछि उनको आत्महत्या प्रकरणमा मुख्य आरोपी रहेकी उनकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई उनका फ्यान्सहरुले खेदो खनेका छन् ।
उनीमाथि विभिन्न आरोपहरु लाग्दै आएका छन् । यसैबीच उनका च्याटको साथसाथै सुशान्त र रियाबीचको अडियो क्लिप बाहिरिएको छ ।
अडियो क्लिप यसै वर्षको जनवरीको हो । यसमा सुशान्त, रिया र इन्द्रजित चक्रवर्ती सहित अन्य केहि वित्तिय सल्लहकार बसेर सुशान्तको फाइनेन्सियल म्यानेजम्याण्टको कुरा गरिरहेका थिए ।
सुशान्त यसमा ट्रस्ट बनाउने बारेमा कुरा गरिरहेका थिए । साथै आफ्नो भविष्यलाई लिएर बलिउड छोड्ने र आफ्नो रिटायरमेण्टको प्लान्समा कुरा गरिरहेका थिए ।
अडियो क्लिपमा के छ ?
३६ मिनेटको अडियोमा सुशान्तले वित्तिय सल्लाहकारलाई प्लानिंगको बारेमा बोलाएका छन् । उनले अडियोमा बलिउड छोड्ने, आफ्नो रिटायरमेण्ट, आफ्नो बिरामीको बारेमा बताईरहेका छन् । रिया र इन्द्रजित पनि आफ्नो कुरा राखिरहेका छन् ।
अडियो क्लिपमा रिया सुशान्तको पैसाको एफडी तयार गर्ने बताईरहेकी छन् । रिया भन्छिन्, ‘म यो सब यसले चाहान्छु कि, उदाहरणको रुपमा म त्यहाँ भइन, श्रुति र मिराण्डा पनि त्यहाँ भएनन्, र कोहि नयाँ व्यक्ति सुशान्तको साथमा भयो भने, उसलाई सुशान्तको कार्ड मिलोस्, पहिलो कुरा त म सुशान्तसँग भन्छु कि, सबै पैसाको एफडी बनाउ, हामी उसको सबै पैसा एफडीमा राख्नेछौँ, सुशान्तको कार्डमा १० १५ लाख भन्दा धरै हुँदैन, दोश्रो कुरा सुशान्त्सँग जो पैसा छ, जसबाट सुशान्तलाई ब्याज आईराख्छ, सुशान्तको अरु पैसा बँचीराख्छ, सुशान्तको सिक्नेचर बिना कसैले एफडी तोड्न नसकोस् ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया