काठमाडौं । भारतको ओडिसा भन्ने ठाउँमा जलाउन लागेको शव उठेपछि मलामि गएकाहरू अचम्मित बनेका छन् ।
सीमान्चक मलिक नाम गरेका व्यक्ति मरेको भनेर अन्तिम संस्कारका लागि घाट पुर्याइएको थियो । तर अन्तिम संस्कार गर्दै गर्दा मलिक उठेपछि मलामी गएकाहरु भुत भनेर तर्सिका हुन् ।
मलामीमध्ये कसैले चिकित्सकलाई खबर गरी अस्पताल पुर्याएर मृत भनिएका मलिकको उपचार गराइयो । हाल उनको अवस्था सामान्य छ । यो घटना हाल भारतमा निकै चर्चामा रहेको छ ।
शनिबार बाख्रा चराउन जंगल गएका मलिक आइतबारसम्म घर नफर्किएपछि खोज्न गएका आफन्तले उनलाई बेहोस अवस्थामा भेटेका थिए । उनीहरुले मलिक मरेको सम्झिएर अन्तिम संस्कारका लागि घाट पुर्याएका थिए । तर उनी मृत नभएर ज्वरोका कारण बेहोस मात्र भएको चिकित्सकले बताएका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया