काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ को राति बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।
त्यसपछि उनको छानबिन भईरहेको छ । उनको छानबिनमा मुख्य आरोपी मानिएकी उनकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तिलाई विभिन्न आरोपहरु लागिरहेका छन् ।
यसैबीच रियाले एक भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा सुशान्तले आफूलाई क्लोस्ट्रोफोबिया रहेको बताएको उनले बताएकी छन् ।
साथै सुशान्तले उनीसँग आफूलाई विमानमा बस्न डर लाग्ने बताएको पनि बताएकी छन् । त्यसैले उनले विमानमा चढ्नुभन्ला पहिला एक औषधि खाने गरेको बताएकी छन् ।
सुशान्तले पहिला दिएको एक अन्तर्वार्तामा आफूलाई क्लोस्ट्रोफोबिया र इन्सोमनियाको रोग रहेको बताएका थिए ।
सुशान्तको एक्त अन्तर्वार्ताले रियालाई केहि राहत मिलेको छ । किनभने रियाले भनेको कुरा पहिल्यै सुशान्तले स्विकारेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया