टीएमएस प्रणालीमा समस्या, खातामा नभएको शेयर समेत बिक्री !

काठमाडौं । शेयर कारोवार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ ।

आइतवार (आज) शेयर कारोबारीहरुको टीएमएसमा समस्या उत्पन्न भएसँगै लगानीकर्ताहरु क्लोज आउटमा पर्ने अवस्थामा पुगेको हुन् ।

नेप्सेले अनलाइन कारोबार प्रणालीमार्फत लगानीकर्ताको खातामा नभएको शेयर बिक्री गर्नबाट बञ्चित गर्ने भनेको थियो । तर पनि आइतवार खातामा नभएको शेयर समेत बिक्री भएको समेत पाइएको छ ।

आइतवार नियमित झै बजार खुल्यो । केही बेर पश्चात टीएमएसमा डाटा लोड नहुने, अर्डर प्लेस भएको देखाउने तर अर्डर बुकमा कुनै विवरण नदेखाउने तथा डाटा लोड नहने समस्या देखा परेको छ ।

टिएमएसमा समस्या देखिएको कारण एक पटक राखिएको अर्डर धेरै पटक कारोबार भएको देखाउने लगायतका समस्या देखिँदै गर्दा अनलाइन प्रणालीले टीएमएसमा सञ्चित नभएको शेयर समेत बिक्री गराएको लगानीकर्ताहरुको गुनासो रहेको छ। जसको कारणले गर्दा क्लोज आउटमा परिने हो वा होइन भन्ने अन्यौलता लगानीकर्तामा देखिएको उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?