काठमाडौं । के तपाईलाई मच्छडले किन रगत खाईरहेको छ भन्ने बारेमा थाहा छ ?, उनीहरुलाई रगत पिउने बानी कसरी भयो ? यसको बारेमा वैज्ञानिकले जवाफ खाजेका छन् ।
वैज्ञानिकले बताएको यस पछाडिको कारणले तपाई हैरान बन्नुहुनेछ । किनभने संसारमा पहिला मच्छडले रगत पिउँदैन थियो । तर बिस्तारै बिस्तारै यसमा परिवर्तन भयो ।
मानिस लगायत जनावरहरुको रगत पिउन मच्छडले आफू सुख्खा ठाउँमा बस्ने भएको कारण शुरु गरेको थियो ।
जब मोसम सुख्खा हुन्थ्यो र मच्छड आफ्नो प्रजननको लागि पानी पाउँदैनथियो, त्यसबेलामा उसले मानिस वा जनावरहरुको रगत चुस्न शुरु गरेको थियो ।
न्यू जर्सीका प्रिन्सटन यूनिभर्सिटीका वैज्ञानिकहरुले केहि समय पहिला अफ्रिकाको एडीस एजिप्ट मच्छडको बारेमा अध्ययन गरेका थिए ।
यो त्यहि मच्छड हो, जसका कारण जीका भाइरस फैलिन्छ, साथै डेंगु र खाकी निकाल्छ ।
न्यू साइन्टिस्टमा छापिएको यो रिपोर्टका अनुसार अफ्रिकाको मच्छडमा एडीस एजिप्ट मच्छडको केहि प्रजातीहरु छन्, सबै प्रजातीका मच्छडले रगत पिउँदैनन्, यिनीहरुले अन्य केहि खाएर जीविकोपार्जन गर्दछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया