काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले बान्द्रा स्थित आफ्नै घरमा गत जून १४ को राती झुण्डिएर आत्महत्या गरे ।
त्यसपछि उनको मृत्युको रहस्यबारे अहिले अनुसन्धान भईरहेको छ । अहिले उनको आत्महत्या प्रकरणको अनुसन्धान सीबीआईले गरिरहेको छ ।
सुशान्तका फ्यान्स तथा उनका परिवारहरुले उनकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई विभिन्न आरोप लगाईरहेको बेलामा रियाकी म्यानेजर र सुशान्तकी दिदिसँगको च्याट बाहिरिएको छ ।
उक्त च्याटमा रियाकी पूर्व म्यानेजर श्रुति मोदी र सुशान्तकी दिदि मीतूको बीचमा भएको ह्वाट्सएप च्याट बाहिरिएको हो ।
श्रुति मोदीका वकिल अशोक सरावगीले यो ह्वाट्सएप च्याटको फोटोज शेयर गरेर सुशान्त डिप्रेशनमा रहेको कुरा दिदि मीतू सहित उनको परिवारलाई थाहा भएको बताएका छन् ।
उनले च्याटमा उनको औषधि र उपचारको बारेमा च्याट गरेको बताएका छन् ।
यो च्याट सुशान्त्की दिदि मीतू र रियाकी म्यानेजर श्रुतीको बीचमा २६ नोभेम्बर २०१९ मा कुरा भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया