रियाले अंकितालाई भनेकी थिइन् सुशान्तकी विधवा, अंकितले दिइन् यस्तो जवाफ !

काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखण्डेले आईतवार आफ्नो इन्स्टाग्रामममा एक पोजेटिभ क्याप्सनको साथमा एक फोटो शेयर गरेकी छन् ।

जसमा उनले ‘सानो सानो कुरामा महिला रुने बताएकी छन्, तर लाइफको ठूलो मुश्किलहरु हाँसदै सामना गर्ने बताएकी छन्, साथै ह्याज ट्यागमा लेखेकी छन्, पावर अफ वुम्यान ।’

अंकिताको यो रिएक्शन रियाले एक अन्तर्वार्तामा अंकितालाई सुशान्तको परिवारलाई साथ दिएको भन्दै रियाले विधवा भनेपछि आएको हो ।

अंकिता लगातार सुशान्तको परिवारको साथ र सपोर्ट गर्दै आएकी छन् । अभिनेता सुशान्तले गत जून १४ को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

उनको आत्महत्या केस अहिले सीबीआईले अनुसन्धान गरिरहेको छ ।

सुशान्त र अंकिताको सम्बन्ध ७ वर्षसम्म चलेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?