टेलिभिजनको सबैभन्दा महंगो ‘होस्ट’ : ‘बिग बोस-१४’ मा २५० करोड लिँदै सलमान

काठमाडौं । बिग बोस १४ शो मा फेरि एक पटक टेलिभिजनको सबैभन्दा मन पराइने होस्ट सलमान खान देखिँदै छन् ।

गएको सीजनमा भएका केहि विवादका कारण उनले यो सीजन नगर्ने भनिए पनि फ्यान्सको मागले फेरि एक पटन उनले होस्ट गर्ने भएको भारतीय सञ्चारमाध्यमहरुले बताउका छन् ।

यसमा सलमानको फाइनल डील समेत भईसकेको छ । उनी यो सीजनको बिग बोसमा २५० करोडको अमाउण्ट लिन लागेका छन् ।

यो फी गएको सीजनको भन्दा ५० करोड धेरै हो । सलमान खान टेलिभिजन इण्डस्ट्रीमा सबैभन्दा धेरै रकम लिने एक्टर हुन् ।

उनले हप्तामा एक दिनको शुटिंग गर्नेछन् । उनलाई एक दिनको २०.५ करोड रुपैयाँ दिइन लागिएको हो ।

सलमान एक दिनमा दुई एपिसोड शुट गर्ने गर्छन् । यस्तोमा उनले एक एपिसोडको १०.२५ करोड रुपैयाँ पाउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?