जसले ताेडे अाफ्नै विश्व कीर्तिमान

अमेरिका- अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली मूलका बिश्व कीर्तिमानी उज्ज्वल ठकुरीलाई अर्को बिश्व किर्तिमान प्राप्त भएको छ । उनी आफैले बनाएको किर्तिमानलाई तोड्दै छोटो समय भित्र पुन: दोश्रो पटक गिनिज वर्ल्ड रेकर्ड मा नाम लेखाउन सफल भएका छन् ।उनले गत बर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९.४९ पौण्ड ( ६३.९७ केजी ) मा बिश्व किर्तिमान गरेका थिए । उनले अर्को किर्तिमान अमेरिकाको ओहायोको टोलेड़ोमा गएर गत बर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२.४८ पौण्ड (६४.६३ केजी )को तौल दात र शरिरमा राखेर दुवै खुट्टा फाडेर बिश्व किर्तिमान गरेका छन् ।गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई गत मार्च २ तारिखमा अमेरिकामा पत्राचार गरि बिश्व कीर्तिमानी भनेर घोषणा गरेको छ। यो विधा आज सम्म कसैले बिश्व मै गर्न सकेका छैन । सानो गल्ति भयो भने ढाड अनि कम्मर शत प्रतिसत पक्षघात (प्यारालाइसिस) हुने धेरै सम्भावना भएकोले यस्तो जोखिम कम खेलाडीले कोसिस गर्ने गर्छन ।ठकुरीले पाँच विधाको निर्माण गर्नु को साथ साथै तीन वटा विधामा अन्तर राष्ट्रिय पदक हासिल गरेका छन् । (फांग काता ) जसमा राष्ट्रिय स्वर्ण पदक र अन्तर राष्ट्रिय स्वर्ण पदक हासिल गरेका छन् भने फांग ब्रेअकिङ्ग(किर्तिमान) जसमा बिश्व टाइटल बेल्ट हासिल गरेका छन् ।यसै गरि फ़ाङ्ग हेवी वेट(गर्हौ वजन ) उचालेर (गोडा फाडेर अधिक भार बोकेर ) यसमा बिश्व च्याम्पियन बेल्ट लगायत दुई पटक गिनिज वर्ल्ड रेकर्ड बनाई नेपालीहरुको शिर उच्च बनाई दिएका छन् ।बिश्व कीर्तिमानी ठकुरी पहिलो कराते खेलाडी हो जस्ले कराते खेलाडी भएर एचके ली राष्ट्रिय तेक्वान्दो खेलमा स्वर्ण पदक पनि हासिल गरेका छन् । यसरी कराते खेलाडीले तेक्वान्दो खेलमा अन्तर राष्ट्रिय स्वर्ण पदक प्राप्त गरि नयाँ किर्तिमान पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?