मन्त्री घिमिरेलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण भएको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई संक्रमण पुष्टि भएको हो ।

यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमवारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहेका छन् । उजको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?