काठमाडौं । ताइवानको सिन्चु शहरमा एक अन्तर्राष्ट्रिय चंगा महोत्सव भईरहेको थियो ।
आईतवार भने एक विशाल चंगाको पुच्छर समातिरहेकी बालिका फस्न पुगिन् ।
उनी हेर्दा हेर्दै हावामा उडिन् । जब उनी तल खसिन् तब मानिसले उनलाई हावामै समात्न सफल भए ।
उनी ३० सेकेण्डसम्म हावामा नै उडिन् । त्यसबेला त्इहाँ ५० देखि ६० किलोमिटर प्रति घण्टाको दरले हावा चलिरहेको थियो ।
तल समातेपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो ।
यो भिडियो सिन्चू शहरका मेयर लिन चि चेनले फेसबुकमा राखेका थिए । उनले यो घटनाप्रति दुख व्यक्त गर्दै माफी मागेका छन् ।
एजेन्सीको सहयोगमा
A 3-year-old girl was safely rescued after getting swept up by large kites at a festival in Hsinchu, Taiwan. Her parents said she was shocked but not injured. pic.twitter.com/IFQiBflltw
— CBS News (@CBSNews) August 31, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया