काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
त्यसपछि बलिउडमा अहिलेसम्म उनको आत्महत्या केसबारे छानबिन भईरहेको छ ।
यो केसकी मुख्य आरोपी भनिएकी बिलउड अभिनेत्री तथा सुशान्तकी प्रेमिका रियाका परिवारलाई आज सीबीआईले बोलाएर शोधपुछ गरेको छ । साथै सुशान्तका परिवारलाई पनि बोलाएर शोधपुछ गरिएको छ ।
यसैबीच सुशान्तका परिवारले आफ्नो छोरो डिप्रेशनमा रहेको जान्दा जान्दै पनि अस्विकार गरेको भन्दै रियाका वकीलले रियाले अब उनको परिवारविरुद्ध कारवाहीको कदम चाल्न सक्ने बताएका छन् ।
रियाका वकील मानसिन्देले औषधिका बील र दुई दिदीहरुबीचको कुराकानीबाट स्पष्ट रुपमा सुशान्त डिप्रेशनको रहेको थाहा हुँदाहुँदै पनि उनहरुले अदालतमा अस्विकार गरेकोले अब रियाले उनीहरुविरुद्ध कारवाहीको कदम चाल्न सक्ने बताएका छन् ।
उनीहरुले सुप्रिम कोर्ट र ईडीसँग झुटो बोलेको रियाका वकिलको भनाई छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया