पहिलो पटक भिलेन बन्दै अजय देवगण

काठमाडौं । बलिउड अभिनेता अजय देवगण भिलेनको भूमिकामा देखिँदै छन् ।

उनले धेरै फिल्ममा भिलेनलाई हराएको त देखिएको नै छ तर अब पहिलो पटक आफू नै भिलेन बनेर अभिनय गर्दैछन् ।

यो फिल्ममा सुपरहिरो अर्कै रहने र सुपरहिरोको प्रतिस्पर्द्धीको रुपमा अजय देवगण देखिने भएका हुन् ।

हिरोको भन्दा दमदार रोल भिलेनको भएको कारणले यो अफर उनले स्विकारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?