काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतले गत जून १४ तारिखको राती बान्द्रस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
त्यसपछि उनको केसविरुद्ध सीबीआईले अनुसन्धान गरिरहेको छ । यसैबीच हालै मात्र हाउस स्टाफ दीपेश सावन्तको एक ह्वाट्सएप च्याट बाहिरिएको छ ।
यो च्याट १४ जूनकै रहेको छ, जुन दिन सुशान्तले आत्महत्या गरेका थिए । यसमा फ्लिपकार्टको डीलको विषयमा कुरा भएको छ ।
यो च्याट १४ जून १० बजेर ५१ मिनेटमा देखि लिएर ४ बजेर २९ मिनेटसम्म भएको छ । यसैबीच सुशान्तको मृत्यु भएको थियो ।
दीपेशले यो च्याटमा लेखेका छन् कि, ‘मलाई सुशान्तले फ्लिपकार्टको डीललाई लिएर तपाईसँग सम्पर्कमा रहनको लागि भनेको छ, यो म्यावेज विहाक १० बजेर ५१ मिनेटको हो ।’
दिउँसो २ बजेर ४८ मिनेटमा सुशान्तको मृत्यु पछि उक्त व्यक्तिको म्यासेज आउँछ, भाई सेफ छ ? कृपया जवाफ देउ, केहि सहयोग चाहिन्छ भने फोन गर, हामी बाहिर छौँ, ५ मिनेटमा आउँछौँ ।
यहि व्यक्तिले ९ जूनमा सुशान्तलाई पनि म्यासेज गरेका थिए । उनले सुशान्तलाई भाई फ्लिप कार्ट तपाईसँग सम्पर्क गर्न कोशिष गरिरहेको छ, उसलाई कसको नम्बर दिउँ, सुशान्तले जवाफ दिएका थिए, दिपेश मसँग छ ।
दिपेशसँग उक्त व्यक्तिको बारेमा शोधपुछ भईरहेको छ । सुशान्तको मृत्यु पछि उक्त व्यक्तिले दिपेशलाई म्यासेज गरेको अर्थ के भन्ने बारेमा अनुसन्धान भईरहेको छ ।
१४ जूनमा जब सुशान्त घरमा मृत भेटिएका थिए, तब दीपेश घरमै थिए । उनी यो केसको बारेमा धेरै नै जान्न सक्ने अनुमान गरिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया