काठमाडौं–सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेड्रिङ कर्पोरेशनले ७३ करोड ९३ लाख कूल मुनाफा आर्जन गर्न सफल भएको छ ।कर्पोरेशनले गत वर्ष भन्दा यस वर्ष ६१ करोड २४ लाख मुनाफा आर्जन गर्दै कूल मुनाफा ७३ करोड ९३ लाख पु¥याउन सफल भएको हो । कर्पोरेशनको ५१ औं स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ८ अरव ५८ करोडको कारोवार गरिएको पनि जानकारी दिइएको छ । कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून मुनाफा लिएर कारोबार भईरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया